आगामि वर्ष २ अंक नजिकको आर्थिक वृद्धि, चालु आवमा अर्थतन्त्रको बृहत्तर आधार तयार भएको दाबी |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत् आगामी वर्षमा दुई अंक नजिकको आर्थिक वृद्धि हासिल गर्ने आधार तयार भएको बताए । चालु आर्थिक वर्षमा अर्थतन्त्रको वृहत्तर आधारशीला तयार भएको उनले बताए ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै खतिवडाले छोटो समयमै वित्तीय संघीयता कार्यान्वयनको आधार तयार भएको बताए । वित्तीय संघीयताको कार्यान्वयनसँगै स्रोत साधनको विकेन्द्रिकरणको आधार तयार भएको पनि खतिवडाले उल्लेख गरे ।
औद्योगिक क्षमता विस्तार भएको, बचत ऐतिहासिक भएको र आगामी वर्ष भित्रमा विद्युत उत्पादन दोब्बर हुने अवस्था देखिएको बताए । गत वर्षको तुलनामा निर्यात वृद्धिदर दोब्बरले बढेको भए पनि उच्च आयातले भुक्तानी सन्तुलनमा चाप परेको बताए ।
खतिवडाले वित्तीय साधन उत्पादनमुखी भएको उल्लेख गरे । कर्जा भन्दा निक्षेपको वृद्धिदर उच्च हुँदा ब्याजदर वृद्धि ब्याजदरमा प्रभाव परेको उनले बताए ।
खतिवडाले बजेटमार्फत ८६.५ प्रतिशत पुँजीगत खर्च हुने संशोधित अनुमान पनि उल्लेख गरेका छन्। चालु वर्षमा ८ खर्ब ६० अर्ब रुपैयाँ राजस्व संकलन हुने उनको अनुमान छ ।