एनटीसीको ‘रिपब्लिक डे अफर’, ५० रुपैयाँको प्याक किन्दा ४ सय एमबी डाटा, ३० मिनेट भ्वाइस |

काठमाडौं । नेपाल टेलिकमले ‘रिपब्लिक डे अफर २०७६’ स्किम ल्याएको छ । ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ ।
यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरेपछि कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । योो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।