डडेल्धुरामा माछापुच्छ्रे बैंकका २ शाखा रहित बैंकिङ सेवा |

काठमाडौं । माछापुच्छ्रे बैंकले डडेल्धुरामा २ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले डडेलधुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडार र अमरगढी नगरपालिका–७ स्थित पोखरामा सेवा संचालनमा ल्याएको हो ।
यो सहित बैंकको हालसम्म १०० शाखा रहित बैंकिङ सेवा छन्। ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्न सकिने बैंकले जानकारी दिएको छ ।
बैंकले देसभरी १०१ शाखा १०० शाखा रहित बैकिङ्ग सेव र १२२ एटीएम सञ्चालनमा रहेको छ ।