आईएमई जनरलले ५ प्रतिशत बोनस सेयर दिने |
काठमाडौं । आईएमई जनरल इन्सुरेन्सले ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँमा ५५ बोनस सेयर दिने निर्णय गरेको हो । उक्त बोनसमा लाग्ने कर भने सम्बन्धित सेयरधनी आफैले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ ।
आईएमईले प्रस्तावित बोनस सेयर नियामक बिमा समितिबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारण सभामा पेश गर्ने भएको छ । साधारण सभाबाट पारित भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ । प्रस्तावित बोनसपछि यसको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।