हिमालयन बैंकको जनकपुरधाममा नयाँ शाखा |

काठमाडौं । हिमालयन बैंक लिमिटेडले जनकपुरधामस्थित स्टेशनरोडमा शाखा खोलेको छ । शाखाको उद्घाटन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले गरेका छन् ।
बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यवसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको बिचार राखेका थिए ।
बैंकले तेस्रो त्रयमासको अन्त्यसम्मा १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरि कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । बैंकले चालू वर्षको ९ महिनामा २ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको छ ।
हाल बैंकको एटीएम संख्या ११५ र विप्रेषण भुक्तानी काउन्टर १३ हजार ५०० भन्दा बढी रहेको छ ।