राष्ट्रपतिद्वारा राहदानी विधेयक संसदमा फिर्ता, स्पष्टता नभएको टिप्पणी |
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयक प्रतिनिधि सभामा फिर्ता पठाइदिएकी छन्। विधेयकमा विषयवस्तुको प्रष्टता अभाव रहेको उल्लेख गर्दै भण्डारीले विधेयक फिर्ता गरिदएकी हुन् ।
संविधानको धारा ११३ मा राष्ट्रपतिले प्रमाणिकरणका लागि पेश भएको विधेयक पुर्नविचार गर्न फिर्ता गर्न सक्ने प्रावधान राखिएको छ । राष्ट्रपतिले फिर्त गरेपछि अब विधेयक पुनː संघीय संसदका दुवै बैठकबाट पारित गरेर पठाउनुपर्नेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राहदानी जारी गर्ने विषयमा र प्रयोग गर्ने विषयमा विधेयकमा ‘कन्फ्युजन’ देखिएकाले राष्ट्रपतिबाट विधेयक फिर्ता भएको बताए ।
राष्ट्रपतिले विधेयक फिर्ता गर्नुको स्पष्ट दुई कारण सहित प्रतिनिधि सभामा पठाएको अधिकारीले बताए । राहदानी चार प्रकारका हुने उल्लेख छ । जारी गर्ने विषयमा कतिपय कन्फ्युजन छ । सभामुख कृष्णबहादुर महराले भने विधेयक फिर्ताको कारण आफूले बुझ्न वाँकी रहेको बताए । भोली कार्यालय खुलेपछि म विधेयकको विषय हेर्छुु, उनले भने ।