माउन्टेन इनर्जीको ३९ लाख ३६ हजार कित्ता आईपीओ आउँदै |
काठमाडौं । माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्न नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
बोर्डले निष्कासन अनुमति दिएपछि मात्रै कम्पनीले आईपीओ जारी गर्न पाउने छ । कम्पनीले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
यता, क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आईपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो । माउन्टेनले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा गोयल समूहको मुख्य लगानी रहेको छ ।