जेठ महिनालाई खाद्य स्वच्छता महिनाको रुपमा मनाउँदै |
काठमाडौं । जेठ महिनालाई खाद्य स्वच्छता महिनाको रुपमा मनाइने भएको छ । खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागको संयोजनमा आर्थिक वर्ष २०६५∕६६ देखि हरेक वर्ष खाद्य स्वच्छता दिवस मनाउँदै आइएको छ । यस वर्ष एघारौं खाद्य स्वच्छता दिवस जेठ महिना भर मनाइने भएको हो ।
खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पुर्याउन विभागले दश वर्ष अघि शुरु गरेको यो अभियानलाई समर्थन गर्दै कोडेक्स एलिमेण्टेरियस कमिसन, विश्व खाद्य तथा कृषि संगठन FAO र विश्व स्वास्थ्य संघ को प्रस्तावमा संयुक्त राष्ट्र संघीय महासभा UN General Assembly बाट सन् २०१९ देखि हरेक वर्षको जून महिनाको ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस "Food Safety, Everyone's Business" को रुपमा मनाउने निर्णय गरिएबाट खाद्य स्वच्छता सम्बन्धमा चासो राख्ने सबैलाई उत्साहित बनाएको बनाएको छ ।
यस वर्ष सन् २०१९ देखि विश्व भर नै प्रथम विश्व खाद्य स्वच्छता दिवसको रुपमा मनाइनेछ । यसलाई समेत मध्यनजर गर्दै गत वर्षदेखि नै विभागले विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर जून ७ लाई खाद्य स्वच्छता दिवस र जेठ महिनालाई खाद्य स्वच्छता महिनाको रुपमा मनाउँदै आइएको छ ।
खाद्य स्वच्छता महिना भव्यताका साथ सम्पन्न गर्न विभागका महानिर्देशक संजीव कुमार कर्णको संयोजकत्वमा विभिन्न सरकारी निकाय, उद्योग वाणिज्य क्षेत्र, उपभोक्तावादी संघ सँस्था, पत्रकारहरुका संघ सँस्थाबाट प्रतिनिधित्व हुने गरी एक मूल समिति र विभिन्न २१ वटा उप समितिहरु बनाएको छ ।
खाद्य स्वच्छता महिना मनाउने क्रममा विभागले महिना भरि नै विभाग परिसर सरसफाइ, घुम्ती खाद्य प्रयोगशाला (Moblie Food Laboratory) समेतको प्रयोग गरी सडक किनारामा बिक्री हुने खानेकुरा (Qmreet Food), होटल रेष्टुरेण्ट, खाद्य व्यवसायहरुको विशेष अनुगमन, खाद्य निरीक्षकहरुलाई अभिमुखीकरण, विद्यालय स्तरीय खाद्य स्वच्छता तथा पोषण शिक्षा, प्रसोधित दूध, प्रसोधित पिउने पानी तथा खानेतेल उद्योगमा असल उत्पादन अभ्यास लागू गर्न उद्यमी व्यवसायीहरुलाई प्रशिक्षण गर्ने विभागले जनाएको छ ।
पानी, दूध तथा तेल उद्योगहरुको अनुगमन प्रयोगशाला सम्बन्धी तालीमस उपभोक्ता भेलास मुद्दा अनुसन्धान तथा अभियोजन सम्बन्धमा खाद्य निरीक्षकहरुका लागि प्रशिक्षणस विभिन्न ९ उपभोक्ता संघ संस्थासँगको सहकार्यमा ९ स्थानमा जनचेतनामूलक उपभोक्ता मास भेला आयोजना गर्ने जनाइएको छ ।
त्यस्तै प्रदेश तथा स्थानीय तहसँग खाद्य स्वच्छता सम्बन्धी अन्तरकृया खाद्य प्रविधि अध्ययन सँस्थान तथा पेशागत संघ सँस्थासँगको सहकार्यमा खाद्य स्वच्छता सम्बन्धी कार्यक्रमस नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ सँगको सहकार्यमा बक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गरिने छ ।त्यसैगरी विभागले विभाग मातहतका प्रयोगशालाहरु , निजि तथा खाद्य उद्योगहरुमा सञ्चालित खाद्य प्रयोशालाहरुको क्षमता अभिबृद्धि गर्न अन्तर प्रयोगशाला तुलना कार्यक्रम (Inter Laboratory Comparison Program) सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी विभाग अन्तर्गतका २४ डिभिजन कार्यालयहरुबाट उपभोक्ता भेला, खाद्य पोषण तालिम होटेल र रेस्टुरेन्ट तथा क्यान्टिन संचालकहरुलाई खाद्य स्वच्छ्ता सम्बन्धी तालीम, वडास्तरीय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि तालिम, होमस्टे संचालकहरुलाई खाद्य स्वच्छ्ता सम्बन्धी तालीम, खाद्य स्वच्छता तथा पोषण सम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रम, होटल स्तरीकरण लोगो वितरण कार्यक्रम , एसपीएस सरोकारवाला अन्तरक्रिया बैठकजस्ता कार्यक्रमहरु सञ्चालन गरिने रहेको छन् ।