जनसेवी लघुवित्तको शेयर बाँडफाँड, ४३ हजार २९९ आवेदकले पाए १० कित्ता शेयर |

काठमाडौँ । जनसेवी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेका साधारण शेयरको ‘एलटमेन्ट’ भएको छ ।
४३ हजार २९९ आबेदकले १० कित्ताको दरले शेयर पाएका छन् । तीन लाख ३४ हजार १९७ योग्य आबेदकले ६० लाख ६६ हजार ५८० कित्त शेयर माग गरेका थिए। जसमा १२.९५ प्रतिशत आबेदकले गोलप्रथमार्फत शेयर पाएका छन् ।
संस्थाले चार लाख ३२ हजार ९९० कित्ता साधारण शेयर निष्कासन गरेको थियो। जसमा १४ गुणा बढि आबेदन परेको थियो । ६७७ आबेदकले माग गरेको १२ हजार पाँच सय ६० कित्ता शेयर रद्द भएको बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।