मध्य तमोरको कामले गति लिन थाल्यो, निजी क्षेत्रको १२ अर्ब लगानीमा काम |
ताप्लेजुङ । ताप्लेजुङस्थति तमोर नदीबाट उत्पादन गर्न लागएिको ७३ मेगावाट क्षमताको मध्यतमोर जलवद्यिुत् आयोजनाको निर्माण कार्यले गति लिएको छ । आयोजनाको मुख्य प्रवद्र्धक संस्था सानिमा हाइड्रो एण्ड इञ्जिनियरङि प्रालिका अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महिनाअघिबाट निर्माण थालिएको हो ।
निर्माण शुरु भएको छोटो अवधमिा नै २७७ मिटर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मिटर सुरुङ मार्ग निर्माण पूरा भएको छ । आयोजनाको हेडवक्र्सका लागि समेत आवश्यक संरचना निर्माण अघि बढेको छ ।
आयोजना निर्माणको गतिलाई हेर्दा निर्धारित समयमा नै सकिनेमा विश्वस्त रहेको आयोजनाका प्रमुख डा. मणिराज पोखरेलले बताए ।
नेपाली इञ्जिनियरले डिजाइन गरेको र निजी क्षेत्रले बनाउन लागेको ठूला आयोजनामध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताए । कूल १२ अर्ब रुपैयाँ बराबरको लागतमा निर्माण हुने आयोजनामा २५ प्रतिशत स्वलगानी र ७५ प्रतिशत सात वटा बैंकको ऋण लगानी हुने छ ।