भारतमा भएको निर्वाचनमा ६१.१३ प्रतिशत मतदाताको सहभागिता |
भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको देखिएको छ । हिजो सम्पन्न निर्वाचनमा ६१.१३ प्रतिशतले मतदान गरेकोे आँकलन निर्वाचन आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । आइतबार चन्डीगढ र सात राज्यका ५९ सीटका लागि मतदान भएको थिए ।
एक महिनाभन्दा बढी समय अवधि लगाएर सम्पन्न निर्वाचनमा करिब ९० करोड भारतीय मतदाता मतदानका लागि योग्य रहेका थिए । निर्वाचनका लागि दश लाख मतदान केन्द्र तोकिएको थियो । मत परिणाम मे २३ पछि सार्वजनिक गर्ने तालिका निर्वाचन आयोगको रहेको छ ।
यस चुनावमा मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको नेशनल डेमोक्र्याटिक एलाइन्स (एनडीए) र राहुल गान्धीको दल भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसीभ एलाइन्स (युपीए) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको विभिन्न सर्वेक्षणले देखाएका छन् ।
एजेन्सीको सहयोगमा