उपभोग्य वस्तुको खरीद गर्ने तरीका |

काठमाडौं । विक्रेताले एकै स्थानमा सयौं दैनिक उपभोग्य सामान सजाएर राखेका हुन्छन् । त्यसरी सजाएर राखिएका सबै सामान गुणस्तरीय, पौष्टिक र स्वस्थ नहुन सक्छन् । डिपार्टमेण्टल स्टोर तथा मार्टहरूमा खाद्य सामग्री किन्ने बेला उत्पादन मिति हेर्न नभुल्नुहोस् । कुनै पनि खाद्य सामग्रीको प्याकेटमा उत्पादन मिति, मूल्य तथा प्रयोग गरिसक्नुपर्ने अन्तिम मिति उल्लेख भएको स्टिकर हुन्छ । त्यस्तै, उक्त वस्तु उत्पादन गर्दा मिश्रण गरिएको सामग्रीबारे पनि उल्लेख गरिएको हुन्छ । जस्तै– बिस्कुटमा केके मिसाइएको छ, पौष्टिक पदार्थको मात्रा, शाकाहारी वा मांसाहारीलगायत जानकारी त्यस्तो स्टिकरबाट पाइन्छ । रातो चिह्नले मांसाहारी तथा हरियो चिह्नले शाकाहारी भन्ने बुझाउँछ । कुनकुन खाद्यपदार्थ खरीद गर्दा केकस्ता विषयमा ध्यान दिनुपर्छ त ? मदन लामिछानेले तयार पारेको एक रिपोर्ट ː
फलफूल

पौष्टिक तत्वका लागि फलफूल सबैभन्दा महत्वपूर्ण हुन्छ । तर, आफ्नो कार्य तथा आवश्यकताअनुसार सही फलफूलको छनोट गर्न भने जान्नुपर्छ । जस्तै– तपाईं जिम जानुहुन्छ भने त्योभन्दा पहिला अङ्गुर र केरा खानुहोस्, यसबाट तुरुन्त शक्ति मिल्छ । डिब्बामा बन्दभन्दा ताजा फलफूल किन्ने गर्नुहोस् । कुनै पनि नयाँ फल खान सङ्कोच नमान्नुहोस् ।
तरकारी

विभिन्न तरीकाबाट तरकारी पकाउन सकिन्छ । जस्तै– बाफमा पकाउने, फ्राई गर्ने, तेलमा तार्ने तथा अन्य तरीकाले । खानामा तरकारीको उचित मिश्रण हुनु आवश्यक हुन्छ । बिहानको नास्ता÷खानासँगै हरियो सलाद पनि खानुहोस् । त्यस्तै, दिउँसो र रातिको खानामा पनि सलाद खानु लाभदायक हुन्छ । ताजा र स्वस्थ तरकारी पहिचान गरेर किन्ने गर्नुहोस् । शक्तिवद्र्धक तरकारी पालुङ्गोको साग तथा सलगम पनि खानामा समावेश गर्नुहोस् ।
प्रोटिन

शरीरलाई प्रोटिनको कमी हुन नदिन मासु, अण्डा तथा माछाको सेवन गर्नु राम्रो हुन्छ । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने प्रोटिनका लागि विभिन्न ड्राईफूड तथा गेडागुडी खाँदा फाइदा हुन्छ । यस्ता खाद्यपदार्थको खरीद गर्दा स्वस्थकर भए÷नभएकोमा विशेष ध्यान दिनुहोस् ।
दुग्ध पदार्थ

शरीर स्वस्थ राख्न दूधबाट बनेका परिकार पनि खाने गर्नुपर्छ । दैनिक १ गिलास दूध पिउनाले शरीरमा शक्तिको कमी हुन पाउदैन । पनिर, चिज, बटर तथा मोहीको सेवन पनि शरीरका लागि लाभदायक हुन्छ ।
अन्न

खाद्य सामग्रीको खरीद गर्ने बेला चामल तथा ब्रेड किन्न नभुल्नुहोस् । यो शरीरका लागि लाभदायक हुन्छ । ब्रेड तथा ब्राउन राइस गुणकारी हुन्छ । यस्ता वस्तु किन्ने बेला यसको स्टीकर परीक्षण गर्नुहोस् ।
यस्ता वस्तु खरीद नगर्नुहोस्

केही खाद्य सामग्री स्वास्थ्यका लागि नोक्सान पु¥याउने हुन्छ । यस्ता सामान पसलमा नकिन्नुहोस् । जस्तै– सोडा, चिप्स, केक तथा फ्राई स्नेक आदि । यस्ता खाद्यपदार्थ खानाले शरीरलाई पोषण मिल्दैन, बरु शरीरमा बोसो बढ्छ । दैनिक यस्ता परिकार खानाले स्वास्थ्य खराब हुन्छ । डिब्बामा बन्द खानेकुरा पनि सकेसम्म नखानुहोस् ।
योजना बनाउनुहोस्

सप्ताहमा जुन दिन घरायसी उपभोग्य सामान किन्नुपर्ने हुन्छ, त्यसका लागि पहिले नै योजना बनाउनुहोस् । केके किन्नुपर्ने छ, कति बजेट छ, कहाँबाट किन्ने आदि विषयमा निक्र्योल गर्नुहोस् । यसबाट किनमेलमा सजिलो हुनुका साथै समयको पनि बचत हुन्छ । निश्चित हुनुहोस् कि, अनावश्यक केही पनि सामान खरीद गर्नेछैन ।