एनआईसी एसियाले ल्यायो ४ अर्ब ४० करोडको अर्को ऋणपत्र, सात बर्ष अवधि, ब्याज सवा १० प्रतिशत |
काठमाडौं । एनआईसी एशिया बैंकले फेरि ऋणपत्र जारी गर्ने भएको छ । बैंकले चार अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । बैंकले एक हजार रुपैयाँ अंकित दरका ४४ लाख कित्ता ऋणपत्र जारी गर्ने छ । ऋणपत्र सात वर्षमा परिपक्व हुने छ। यसको बार्षिक व्याजदर १०.२५ प्रतिशत तोकिएको छ ।
बैंकले ऋणपत्र निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ । ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिसनारायण जोशीले हस्ताक्षर गरेका छन्।
ऋणपत्रमध्ये ६० प्रतिशत ९२ अर्ब ६४ करोड० व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब ७६ करोड) सर्वसाधारणका लागि विक्री गरिने छ । ब्याज बापत पाकेको रकम आद्र्धबार्षिक रुपमा भुक्तानी गरिने छ ।
बैंकका २८३ शाखा कार्यालयहरु छन् । २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउण्टर र २६ वटा शाखा रहित बैंकिङ इकाइ छन्। बैंकका १६ लाख ग्राहक छन् ।