एनआईसी एसिया बैंकको नाफा दुई अर्ब २७ करोड रुपैयाँ, वासलातको आकार २२८ अर्ब |
काठमाडौं । एनआईसी एशिया बैंकले दुई अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत बर्षको तुलानामा १९ प्रतिशतले खुद व्याज आम्दानी बढाएर नाफा बढाउन सफल भएको हो ।
त्यस्तै, वार्षिक विन्दुगत आधारमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब २२ करोड रहेको छ । बैंकले यस आर्थिक वर्षमा ३३.५ प्रतिशत (रु. ५७ अर्ब २४ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (रु. ७५ अर्ब ८१ करोड) को वृद्धि गरी वासलातको आकार रु. २ खर्ब २८ अर्ब १९ करोड पुर्याउन सफल भएको जनाएको छ ।
जसअन्तर्गत कर्जातर्फ यस आर्थिक वर्षमा २४ प्रतिशत (रु. २९ अर्ब) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३७ प्रतिशत (रु. ४० अर्ब ५३ करोड) को वृद्धि गरी रु. १ खर्ब ४९ अर्ब ५० करोड र निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा १८ प्रतिशत (रु. २६ अर्ब ८७ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (रु. ४४ अर्ब ३७ करोड) को वृद्धि गरी १ खर्ब ७८ अर्ब ९ करोड पुर्याउन सफल भएको छ ।
बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिसेयर आय १२४ प्रतिशतले वृद्धि गरी ३४.७१ तथा स्वपुँजीमा प्रतिफल ९० प्रतिशतले वृद्धि गरी २१.४६ प्रतिशत पुर्याउन सफल भएको छ ।
मुलुकभर बैंकका २ सय ८३ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ इकाइ रहेका छन् । करिब १६ लाख ग्राहक रहेको बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास गरिरहेको दाबी गरेको छ ।