एनसेलका प्रबन्ध निर्देशक सुरेनद्धारा राजीनामा |

काठमाडौं । एनसेल नेपालका प्रवन्ध निर्देशक सुरेन जे अमरसेकेराले राजीनाममा दिएका छन् । एनसेल स्रोतका अनुसार चार दिन पहिला उनले व्यक्तिगत कारण देखाउदै राजीनामा दिएको बताइएको छ ।
उच्च श्रोतका अनुसार सुरेनले कम्पनीमा हालै देखिएका समस्या समाधान गर्न कुनै पनि पहल नगरेको भन्दै सञ्चालकहरुले प्रेसर दिइरहेका थिए । यसभन्दा पहिला एकै पटक चार जनाले एनसेल छोडेपछि एनसेलको आन्तरिक व्यबस्थापन कमजोर भएको स्रोतको भनाइ छ ।
एनसेलसँग सम्बन्धित एक्जिटा कम्पनीले सुरेनलाई श्रीलंकाबाट ल्याएको थियो । फेरि अब पुन नयाँ प्रवन्ध निर्देशक खोजीमा एनसेल लागेको बुझिएको छ ।
एनसेल खरिद विक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले आरर्बिटेसनका लागि आइसीएसआईडीमा गएको छ ।