एनएमबी बैंकले गर्यो कपिलवस्तु जिल्लामा विभिन्न सामाजिक कार्य |
काठमाडौं । एनएमबी बैंकले विभिन्न सामाजिक कार्यमा सहभागिता जनाएको छ । कपिलवस्तु जिल्लामा रहेको बैंकको पकडी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मायादेवी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई ६६ थान डष्टविन प्रदान गरेको छ ।
सो अवसरमा शहरी विकाश मन्त्री मोहम्मद इश्तियाक राई, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतका तीन हजार भन्दा बढी स्थानीयको उपस्थिती थियो ।
बैंकको चन्द्रौटा शाखाले शिवराज नगरपालिकाका आगलागी पिडितहरुलाई खाद्यान्न, म्याट्रेस, लामखुट्टेको झुल लगायतका सामान प्रदान गरेको छ । सो अवसरमा संघीय संसदका सदस्य अर्जुनकुमार केसी, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटा, चन्द्रौटा चेम्बर अफ कर्मसका अध्यक्ष महादेव पोखरेल लगायतका उपस्थिती थियो । बैंकका प्रदेश नं. ५ का मेनेजरहरु दिविर विक्रम शाह र कमल न्यौपानेले संयुक्त रुपमा सामान हस्तान्तरण गरेका थिए ।