नेपाल बङ्गलादेश बैंक नाफा ५४ प्रतिशतले बढ्यो |
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा १ अर्ब १४ करोड १४ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५४ दशमलव ६५ प्रतिशतले बढि हो । गत आवको सोहिअवधिमा नाफा ७३ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिटेन्ड अर्निङ्ग ६९ करोड २६ लाख रुपैयाँ र जगेडा ३ अर्ब १९ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
बैंकले निक्षेपमा ५६ अर्ब ६ करोड १५ लाख निक्षेप संकलन गरि कर्जामा ५१ अर्ब ५२ करोड १३ लाख रुपैयाँ बराबरको लगानी गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी ५१ प्रतिशतले बढेर २ अर्ब ११ करोड १३ लाख रुपैयाँ र सञ्चालन नाफा ६५ दशमलव ३० प्रतिशतले बढेर १ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १८ दशमलव ८२ रुपैयाँ, मुल्य आम्दानी अनुपात ११ दशमलव २७ गुणा, प्रतिशेयर नेटवर्थ १४८ दशमलव १० रुपैयाँ र तरलता अनुपात २५ दशमलव ०९ प्रतिशत रहेको छ ।
बैंकको आधार ब्याजदर १० दशमलव ६९ प्रतिशत, कोषको लागत ७ दशमलव ६६ प्रतिशत, निष्कृय कर्जा १ दशमलव ८६ प्रतिशत र जोखिम युक्त सम्पत्ति ११ दशमलव ७६ प्रतिशत रहेको छ ।