सामसुङको ग्यालेक्सी एटू नेपाली बजारमा |
काठमाडौं । सामसुङले आफ्नो लोकप्रिय ग्यालेक्सी ए लाइन अन्तर्गत नेपाली बजारमा ग्यालेक्सी एट कोर प्रस्तुत गरेको छ । इन्ट्रि–लेभलका ग्राहकहरुलाई लक्षित गरी सामसुङले सुलभदरमा ग्यालेक्सी एट कोर प्रस्तुत गरेको हो ।
‘हामी हाम्रा सबै डिभाइसहरुमा एकदमै नविनत्तम र उत्कृष्ट प्रविधी ग्यारेन्टी गर्न पूर्ण रुपमा प्रतिवद्व छौ । जसले गर्दा सबै खालका फोनले हाम्रा ग्राहकको आवश्यकता पूर्ण गरोस् । ग्यालेक्सी एटू कोरले पूर्ण मात्रामा स्मार्ट फोनको अनुभव दिलाउने छ । जसमा एकदमै परिष्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्य सम्पादन र विशेष गरी पहिलोपटक प्रयोग गर्नेहरुलाई अपिल गर्ने खालको रहेको छ ।’ सामसुङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले बताए ।
६४०ह९६० पिक्सल तथा १६ː९ को एस्पेक्ट रेसियोका साथ ५.०० इन्चको टचस्क्रिन डिस्प्ले यसमा रहेको छ । ग्यालेक्सी एट कोरमा ५ मेगा पिक्सलको क्यामराको रहेको छ । ग्यालेक्सी एट कोर फोनमा १६ जीबीको स्टोरेज रहेको छ भने कार्डको सहयोगबाट क्षमता वृद्धि गरी सहजै रुपमा शेयर, स्ट्रीम तथा गेमहरु खेल्न सकिन्छ ।
उत्कृष्ट डिस्प्ले
१२.६४ सीएम ९५.०ू० त्तज्म् डिस्प्लेले हरेक कुरा सफा एवं उत्कृष्ट प्रदर्शन गर्दछ ।
उत्कृष्ट क्यामरा
यसमा भएको ५.० मेगापिक्सलको क्यामराले उत्कृष्ट फोटो खिच्दछ । यो स्मार्टफोनमा ५ मेगापिक्सलको रियर तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।
लामो समयसम्म चल्ने ब्याट्री
निरन्तर मनोरञ्जनको लागि २६०० एमएएचको ब्याट्री तथा १.५ह् भिडियो प्लेब्याक सुविधा रहेको छ ।
मूल्य तथा उपलब्धता
ग्यालेक्सी एट कोर को मूल्य नेपाली बजारमा ९,३९० रुपैयाँ रहेको छ । ग्यालेक्सी एट कोर निलो, डार्क ग्रे तथा गोल्ड गरी आकर्षक तिन रंगमा नेपाल अधिराज्यभर रहेका सामसुङका आधिकारिक रिटेल स्टोर्सहरु तथा सामसुङ ब्राण्ड सपहरुमा उपलब्ध रहेको छ ।