स्प्राईटको डबल डोज रिफ्रेस पनि रिचार्ज पनि अफर समाप्त |

काठमाडौं । स्प्राइटको डबल डोज रिफ्रेस पनि रिचार्ज पनि क्याम्पेन धमाकेदार रुपमा सफलतापूर्वक समाप्त भएको छ । फेब्रअरी १ गतेबाट शुरु भएको उक्त क्याम्पेनले उपभोक्तामाझ रौनक बढाउनुका साथै उत्साहजनक सहभागिता र प्रतिक्रिया पाएको थियो ।
यस अफरमार्फत देशभरका ९.१४ भन्दा बढी भाग्यशाली विजेताहरू १० देखि १० हजार रुपैयाँसम्मको टक टाइम रिचार्ज जित्न सफल भएका छन् । त्यस्तै स्प्राइट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि अफरअन्तर्गत ६२ जना भाग्यशाली विजेताहरूले सामसुङ ग्यालेक्सी नोट ९ जित्न सफल भएका छन् ।
यो अफर कोकाकोला ब्रान्डका कोका–कोला, स्प्राइट, फान्टा ओरेन्ज, फान्टा लेमन र किन्ले सोडाको २५० एमएलको आरजीवी अर्थात शिशाको बोतलमा उपलब्ध रहेको थियो । जसमार्फत उपभोक्ताहरूले दैनिक १० देखि १० हजार रुपैयाँसम्मको टक टाइम रिचार्ज र सामसुङ ग्यालेक्सी नोट ९ सम्म जित्न सफल भएका छन् ।
अम्बुज सिंह, कोकाकोला नेपालका कन्ट्री डाइरेक्टरले भने, “हामी स्प्राइटको क्याम्पेनमा उपभोक्ताहरूको बढ्दो उत्साहपूर्ण सहभागीता देखेर निकै खुसी भएका छौ, जसमा उपभोक्ताहरूले रिफ्रेस हुनुका साथै रिचार्जहरू पनि प्राप्त गर्नुभएको छ ।”