स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुनाफा १ अर्ब ७३ करोड, ११ प्रतिशतले वृद्धि |
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा १ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ११ दशमलव ६२ प्रतिशतले वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा १ अर्ब ५५ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।
८ अर्ब १ करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिटेन्ड अर्निङ्ग १ अर्ब ६७ करोड २५ लाख रुपैयाँ र जगेडा ४ अर्ब ५१ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकले निक्षेपमा ७० अर्ब ८१ करोड ३० लाख निक्षेप संकलन गरि कर्जामा ५३ अर्ब ४६ करोड २३ लाख रुपैयाँ बराबरको लगानी गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी ६ दशमलव ५४ प्रतिशतले बढेर २ अर्ब ५५ करोड ६० लाख रुपैयाँ र सञ्चालन नाफा ११ दशमलव ७७ प्रतिशतले बढेर २ अर्ब ४६ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २८ दशमलव ८७ रुपैयाँ, मुल्य आम्दानी अनुपात २० दशमलव ४७ गुणा, प्रतिशेयर नेटवर्थ १७७ दशमलव १८ रुपैयाँ र तरलता अनुपात ३७ दशमलव ५३ प्रतिशत रहेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव २० प्रतिशत र जोखिम युक्त सम्पत्ति १८ दशमलव ८९ प्रतिशत रहेको छ ।