भियतनाममा नेपाली उत्पादन निर्यात हुन्छ ː प्रधानमन्त्री | बुद्धका विचार, आदर्श र त्यसको सान्दर्भिकताको बारे विश्व समूदायलाई जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम पुगेर ११२ राष्ट्रका प्रतिनिधिलाई बुद्धको जन्मस्थलको प्रतिनिधिको हैसियतले बुद्धका विचार, आदर्श र आजको दिनमा त्यसको सान्दर्भिकताको बारे विश्व समूदायलाई जानकारी दिएको बताए ।
कूटनीतिक र आर्थिक हिसाबले पनि भियतनाम भ्रमण फलदायी भएको उनको दाबी छ । भ्रमणका क्रममा आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय विषयमा छलफल भएको र यसले व्यापार विस्तार हुने विश्वास प्रधानमन्त्रीको छ ।
नेपाल र भियतनाम लामो समयदेखिका मित्रहरू रहेको बताउदै उनले दुई देशको कूटनीतिक सम्बन्ध स्थापित भएको करिब चार दशक भएको बताए । तर प्रधानमन्त्रीको स्तरमा यो भ्रमण पहिलो हो ।
हाम्रो कूटनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुन्छ भन्दै प्रधानमन्त्री ओलीले नेपाली उत्पादनको निर्यात बढ्ने बताए । करीब दश करोड जनसङ्ख्या भएको देशमा नेपाली उत्पादनको निर्यात बढाउनु पर्ने उनको भनाई छ ।