सिभिल बैंकको अध्यक्षमा पुनː तामाङ, बैंकले १५ प्रतिशत लाभांस दिने |

काठमाडौं । सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ चयन भएका छन् । बैंकको आज भएको साधारणसभले ६ जना संचालक समिति चयन गरेको छ ।
सोहीमध्येबाट तामाङ पुनः अध्यक्षमा चयन भएका हुन् । साधारण सभाले बैंककोे संस्थापक शेयरधनीहरुमा इच्छा राज तामाङ्ग, अम्बीर बोगटी, प्रताप जङ्ग पाण्डेलाई निर्विरोध चयन गरेको थियो । यसैगरी सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त र युगेश बहादूर मल्ल संचालकमा चयन भएका हुन् । उनिहरु आगामी ४ बर्षका लागि निर्विरोध चयन भएका हुन ।
बैंककोे साधारणसभाले सेयरधनीलार्य १० दशमलव २५ प्रतिशत बोनस सेयर र ५ दशमलव ०५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव स्वीकृत गरेको छ ।