नेपाल र भियतनामबीचको द्धिपक्षिय सम्बन्ध प्रवद्र्वनमा चेम्बरको महत्वपूर्ण भूमिकाː अध्यक्ष श्रेष्ठ |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र भियतनामबीचको द्धिपक्षिय सम्बन्ध प्रवद्र्वनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । भियतनाम भ्रमणमा रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले भियतनामको एक कार्यक्रममा नेपाल र भियतनामबीचको द्धिपक्षिय सम्बन्ध प्रवद्र्धनका लागि चेम्बरले विभिन्न प्रकारका कार्य गरिरहको बताए । भियतनामका लागि नेपाल लगानीको उत्कृष्ट गन्तब्य भएको उनले बताए ।
भियतनामको डिओ डीज स्ट्रीट हानोइमा गत शुक्रबारका भएको गोष्ठिमा अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरणका लागि जलविद्युत, पर्यटन, कृषि, बुद्ध जन्मेको लुम्बिनी एंव विश्व सम्पदा सूचिमा रहेका विभिन्न स्थान, विभिन्न वन्यजन्तु तथा आरक्षण क्षेत्रहरु, कृषि पर्याप्त जडिबुटी, जलवायु परिवर्तन भएका स्थान, खुल्ला जमिनका कारणले नेपालमा लगानी गर्न सकिने वातावरण भएको उल्लेख गरे । उनले नेपालमा अनुभवी एंव कडा परिश्रमिक श्रमिक, खनिज क्षेत्र रहेकाले लगानीको लागि अघि बढ्न भियतनामलाई आग्रह गरे । अध्यक्ष श्रेष्ठले हाम्रो छिमेकी राष्ट्रसँगको व्यापारिक सम्झौता रहनुका साथै शुन्य प्रतिशत भन्सारदरमा ८ हजार ३० वस्तुको निर्यात गर्न सकिने बताए ।
प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र भियतनाम द्विपक्षिय सम्बन्ध कायम भई जनता, जनताबीच नजिक बनाउने अवसर प्राप्त हुनुका साथै सरकार सरकारबीच सुमधुर सम्बन्ध कायम गर्नमा र व्यापारीक गतिविधिलाई अगाडी बढाउन नयाँ आयाम थापिएको बताए । यो भ्रमणले व्यापारीक गतिविधिलाई बलियो बनाई आर्थिक गतिविधी एंव पर्यटन, व्यापार र लगानीका अवसरलाई सुनिश्चितता प्रदान गर्नमा यो भ्रमण अति नै फलदायी रहेको बताए ।
नेपाल व्यापारिक कम्पनीहरुले भियतनामा भएको व्यापारिक मेलामा नेपालको कलात्मक परम्परागत हस्तकला वस्तुहरु गरगहना एंव कलात्मक वस्तुहरुको प्रर्दशनी गर्नुका साथै भेयतनामबाट कपडा, सूचना प्रविधिका सामाग्री, खाद्दान्न लगायत जुत्ताहरु भियतनामबाट आयात भएको बताए ।
नेपाल र भियतनामको सम्बन्ध बढाउन जनस्तरमा, व्यवसायीहरुबीचको बहुपक्षिय सम्बन्धका लागि चेम्बरले विभिन्न प्रकारका रचनात्मक भूमिका खेलेको धारणा समेत राखे ।
नेपाल चेम्बर अफ कमर्श र भेयतनाम चेम्बर अफ कमर्शबीच २००४ मा दुबै देशबीच व्यापारिक सम्झौता भई २०१८ मा व्यापर र आर्थिक गतिविधी लाई प्रवद्र्वन गर्न दुबै सस्थाबीच सम्बन्ध कायम भएको बताए ।