विकास बैंकका सीईओको संगठनमा गोबिन्द ढकाल अध्यक्ष चयन, अन्य पदाधिकारीको नाम सहित |

काठमाडौं । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघमा गोविन्द ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
भरत ढकाल अध्यक्षबाट हटेपछि कार्यबाहक अध्यक्षका रुपमा गोबिन्दले नेतृत्व गर्दै आएका थिए । शुक्रबार भने साधारणसभामार्फत कार्यसमिति निर्वाचित गरिएको हो ।
गोबिन्द गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । प्रथम उपाध्यक्षमा प्रद्युमन पोखरेल, अर्का उपाध्यक्षमा रेशमबहादुर थापा चयन भएका छन् । पोखरेल मुक्तिनाथका सीईओ हुन भने थापा गण्डकी विकास बैंकका सीईओ हुन् ।
ज्योति विकास बैंकका मनोज ज्ञवाली महासचिब चयन भएका छन् । सचिवमा तिनाउका प्रदीपकुमार श्रेष्ठ र कोषाध्यक्षमा साङ्ग्रिलाका सुयोग श्रेष्ठ निर्बाचित भएका छन् ।
सदस्यहरुमा नरेशसिंह बोहोरा, रेशमप्रसाद जोशी, बिरुराम जैसी, प्रविण बस्नेत र नबिन सुवेदी चयन भएका छन् ।