यति नेपालको पहिलो कार्बन न्युट्रल एअरलाइन्स |
काठमाडौं । जलवायु तटस्थताको लागि संयुक्त राष्ट्र संघको ग्रनिङ द ब्लु भन्ने अवधारणालाई आत्मसात गर्दै सन् २०१८ मा हरित गृह ग्याँस उत्सर्जनलाई घटाउन र अफसेट गर्न सफल हुने यति एअरलाइन्स नेपालको पहिलो कार्बन न्युट्रल एअरलाइन्स भएको छ ।
एअरलाइन्सले संयुक्त राष्ट्र विकास कार्यक्रमद्वारा संचालित स्वतन्त्र कार्वन अडिट प्रक्रियामा सहभागी भई एअरलाइन्सको कुलकार्वन उत्सर्जनको गणना गरी त्यस लाई घटाउन र आफसेट गर्न योजना बनायो ।
स्वतनत्र कार्वन अडिटका अनुसार यति एअरलाइन्स्ले सन् २०१८ माआफ्नो सम्पूर्ण उडानहरु, वाहनहरु र अन्य साधनहरु समेतबाट १९,६६५टन बराबर कार्वन डाईअक्साइड उत्सर्जन गरेको थियो । यस उत्सर्जनबाट लगभग ३,२५,१६५ रुखहरुद्वारा दश वर्षभन्दा बढी सम्मको कार्वनको मात्रा बराबर अनुक्रमित गर्दछ । कुल हरित गृह ग्यास उत्सर्जनको ९९.९ प्रतिशत एअरलाइन्सको उडान संञ्चालन बापत उत्सर्जन गर्दछ ।
सन् २०१७ र २०१८ को बीचमा कम इन्धन खपत हुने विमानको प्रयोग गरि प्रति उडान किलोमिटर २० प्रतिशत घट्नुका साथै प्रतियात्री १२ प्रतिशतले कार्बन उत्सर्जन घटेको थियो ।
यति एअरलाइन्सले जेटस्ट्रीम–४१ जहाजको सञ्चालन क्रमबद्ध रुपमा कम गर्दै एटीआर जस्ता कम इन्धन खपत हुने विमानको सञ्चालन गरेर कम हरित गृह ग्यास उत्सर्जन उत्पादन गर्न सफल भएको छ ।
यति एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईका अनुसार यति एअरलाइन्स आफ्नो ग्राहक सेवाको स्तर बढाउदै आफ्नो तर्फबाट वातावरण संरक्षण गर्न निरन्तर रुपमा काम गरिरहेको छ ।