ई–अल्फाको शोरुम अब बाराको कलैया | महिन्द्रा थ्री ह्वीलर्स सम्बन्धी सम्पूर्ण सेवा सहजै प्राप्त गर्न सकिने
काठमाडौं । महिन्द्रा टु ह्वीलर्स नेपालको लागि आधिकारिक विक्रेता अग्नि मोटो इन्कले शून्य उत्सर्जन गर्ने नयाँ विद्युतीय सवारी ई–अल्फा थ्री ह्वीलर तराई क्षेत्रका विभिन्न स्थानहरुमा डिलर स्थापना गरि विक्री गर्दै आएको छ । यसै क्रममा कम्पनीले हालै बाराको कलैयामा आफ्नो आधिकारिक डिलर स्थापना गरेको छ ।
कम्पनीले कलैयामा आफ्नो आधिकारिक डिलरको रुममा ओम राइराम मोटर्सलाई नियुक्त गरेको छ । यो शोरुमको समुद्घाटन यही वैशाख २३ गते कम्पनीका आधिकारिक व्यक्ति एवं स्थानीय बुद्धिजीवी एवं जनसमुदायको उपस्थितिमा गरिएको थियो । शोरुमको स्थापनासँगै कलैया तथा बारा आसपासका सेवाग्राहीले महिन्द्रा थ्री ह्वीलर्स सम्बन्धी सम्पूर्ण सेवा सहजै प्राप्त गर्न सक्नेछन् ।
ई–अल्फा मिनिले विभिन्न शहरहरुमा वसोवास गर्दै आएका नेपाली जनताहरुलाई आबद्व गर्दै आइरेको छ । १००० वाटको मोटर तथा कन्ट्रोलर भएको यस सवारीमा ४८ भोल्ट १२० एएच को व्याट्री लाग्दछ ।
ई–अल्फा मिनिमा आकर्षक भित्री डिजाइन रहेको छ । रुवस्ट बडी, फुल क्यानोपि, स्टाइलिस ब्याक ड्यासबोर्ड, चुस्त सस्पेन्सन, तथा चेसिस र ठूलो बस्ने क्याविन रहेको छ । यसमा यात्रुहरुलाई सहजता एवं चालकलाई सुविधा मिल्ने छ । यसमा धेरै भारबहन क्षमता, अधिकतम सुविधा रहेको छ । अन्य प्रतिस्पर्धी सवारीहरुको तुलनामा यसमा चढ्न र चलाउन अझ बढी सहजता मिल्ने बताइएको छ ।
सवारी शानको भरोसा महिन्द्राको भन्ने नाराका साथ बजारमा ल्याइएको यस सवारीको विशेषता भनेको शून्य उत्सर्जन रहेकोछ । यो पूर्ण रुपमा वातावरण मैत्री तथा सुरक्षित सवारीको रुपमा रहने छ ।
सबै नयाँ ई–अल्फामा कम्पनीले २ वर्षको वारेन्टी, व्याट्रीमा ६ महिनाको वारन्टी तथा ६ पटकसम्मको निːशुल्क सर्भिसिङ्ग उपलब्ध गराएको छ ।
महिन्द्रा ग्रुप २०.७ विलियन अमेरिकी डलर पुँजी भएको एक स्वतन्त्र संस्था हो । ग्रामीण जीवनको समृद्धि, शहरीया जीनलाई बढवा दिन यसले नवीनतम प्रविधीहरुको साथ अगाडि बढ्दै गइरहेको छ । युटिलिटि भेइकल्समा आफ्नो प्रभुत्व जमाउँदै, सूचना प्रविधि, वित्तीय सेवा तथा पर्यटन जस्ता क्षेत्रमा संसारका १०० भन्दा बढी राष्ट्रहरुमा अगाडि बढ्दै गइरहेको छ । यस संस्थाको प्रमुख कार्यालय भारतमा अवस्थित छ भने १०० भन्दा बढी राष्ट्रहरुमा कूल २ लाख ४० हजार जनाले रोजगारी पाइरहेका छन् ।
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रालि, अग्नि इनर्जी प्रालि, अग्नि मोटोइन्क प्रालि, बालाजू अटो वक्र्स प्रालि रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल्स्, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् । साथै अग्नि ग्रुप कोन्स्टान्ट व्याट्रि तथा केभिन इन्भर्टरको वितरक समेत रहेको छ ।