रेनो एक्सचेन्ज क्याम्प |

काठमाडौं । नेपालमा रेनोको आधिकारिक वितरक एडभान्स अटोमोबाईल प्रालिले ‘‘पुरानो छौडौं नयाँ गुडाऔँ’’ भन्ने ट्यागलाईनका साथ रेनो एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । यहि ६ मेई देखि ९ मेई सम्म पोखरा र ८ मेई देखि ११ मेईसम्म भैरहवामा आयोजना हुने यस मेगा अफरमा अटोमोबाइल ग्राहकहरुले पुरानो गाडी रेनो ब्राण्डको नयाँ गाडीसँग एक्सचेन्ज गर्न सक्नेछन् ।
एडभान्स अटोमोबाईल प्रालिले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, निːशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्रि, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारहरु जित्न सक्नेछन् ।
रेनो एक्सचेन्ज क्याम्पले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।