एनसेलको पूँजीगत लाभकर विवाद पूर्ण इजलासमा, जेठ २१ मा टुंगो लगाइने |
काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकर सम्बन्धी विवाद जेठ २१ गते पूर्णइजलासबाट टुंगो लगाउने गरी पेशी तोकेको छ ।
मंगलबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुङ्गेलको सयुक्त इजलासले आगामी जेठ २१ गते विवाद समाधानका गर्न पूर्ण सुनवाइका लागि पूर्ण इजलासमा पेश गर्ने अल्पकालीन आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिए ।
उनका अनुसार यसअघि यही वैशाख १२ गते अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै वस्तुको गम्भीरतालाई मध्यनगर गर्दै पूर्ण इजलासमा जेठ २१ गते विवादलाई पेश गर्न आदेश दिएको हो । “निवेदकले निवेदनमा उठाएका कर निर्धारणको विविध प्रश्न र कार्यान्वयनका क्षेत्रमा देखा परेका विभिन्न पहलमा निवेदनको पूर्ण सुनवाइ हुँदाका बखतमा विचार हुने नै हुँदा लिखित जवाफ प्राप्त नभएको प्रारम्भिक अवस्थामै त्यसतर्फ केही बोलिरहनुपरेन”, आदेशमा भनिएको छ, “यस अदालतको बृहत्पूर्ण इजलासबाट अभिव्यक्त भएको तथ्य र विवादलाई निर्धारण गर्नेछ ।”
ठूला करदाता कार्यालयले निर्धारण गरेको कर विरुद्ध एनसेलले विश्व बैंक समूहअन्तर्गतको ‘इन्टरनेसनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्युट (एसआइडी) आइसी मा निवेदन दिएको छ । अन्तरराष्ट्रिय लगानी भएको एनसेलले पहिलोपटक पुँजीगत लाभको विवादको विषयलाई (आईसीएसआईडी) मध्यस्तकर्ताको लागि वैशाख १३ गते मुद्दा दर्ता गरेको विषय अन्तर्राष्ट्रिय मुद्दा बन्न नसक्ने बताएका छन् ।
आईसीएसआईडीले कुनै पनि बहुराष्ट्रिय कम्पनीहरु र कुनै देशमा रहेको लगानीका बारेमा विवाद आएका बेलामा मात्र आईसीएसआईडीले हेर्न पाउने क्षेत्राधिकार रहेको छ । उसले कुनै पनि देशमा सञ्चालनमा रहेको बहुराष्ट्रिय कम्पनीले गरेको लगानीको करका बारेमा अर्विटेसन गर्न नपाउने नेपालका कानुन विदहरुको भनाइ रहेको छ ।