ज्योति लाइफको नाफा १० करोड |
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ७ लाख ४७ हजार रुपैयाँ खुँद मुनाफा आर्जन गरेको छ ।
यो बीमा कम्पनले कमाएको नाफा गत आवको सोही अवधिको तुलनामा २ करोड रुपैयाँले बढी हो । यो बीमा कम्पनीले गत आवको चैतसम्ममा ८ करोड २ लाख ९६ हजार रुपैयाँ कमाएको थियो ।
१ अर्ब ५४ करोड चुक्ता पुँजी भएको यो बीम कम्पनीको जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ रहेको छ । यसको जीबन बीमा कोषमा ४८ करोड २४ लाख रहेको छ भने महाविपत्ति जगेडा कोषमा २ करोड १६ लाख रुपैयाँ छ ।
यसले यो अवधिसम्ममा खुँद बीमा शुल्क वापत ५ करोड ६६ लाख रुपैयाँ संकलन गरेको छ । यसमा परेको बीमा दाबीको भुक्तानी ३७ लाख ८८ हजार रुपैैयाँ भएको छ । यसको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा छ भने प्रति शेयर नेटवर्थ ११४ रुपैयाँ ६८ पैसा रहेको पनि उल्लेख छ ।