ओपो बन्यो च्याम्पियनशिप्स विम्बलडनको आधिकारिक स्मार्टफोन पार्टनर |
काठमाडौं । अल ईंग्ल्याण्ड लन टेनिस क्लब (एईएलटीसी), सँग पार्टनरसिप गर्दै ओपो च्याम्पियनशिप्स, विम्बलडनको पहिलो आधिकारिक स्मार्टफोन पार्टनर र पहिलो एसियाली पार्टनर समेत बन्न सफल भएको छ ।
वैश्विकरुपमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले पछिल्ला समयमा खेल जगत्मा एफसी बार्सिलोना र ईन्टरनेशनल क्रिकेट काउन्सिल ९आईसीसी० सँग आधिकारिक मोबाइल फोन पार्टनरका रुपमा सहकार्य गरिसकेको छ। यो नयाँ सहकार्यलाई ब्राण्डको टेनिस जगत्मा पहिलो पाइलाका रुपमा लिइएको छ।
च्याम्पियनशिप्स २०१९ देखि ५ बर्षका लागि गरिएको यो सहमतिले दूई ब्राण्डको सहकार्यले प्रमुख विकासोन्मुखस बजारमा आफ्नो उपस्थिती सुदृढिकरणका लागि उब्जाउने पारस्परिक अवसरको प्रतिनिधित्व गर्छ।
विम्बलडन ब्राण्डको सहयोग मार्फत ओपोले यूके र यूरोपेली बजारमा आफ्नो उपस्थितीलाई थप सशक्त बनाउनुका साथै बजारमा आफ्नो दिर्घकालिन लगानीको प्रतिबद्धता प्रदर्शित गर्नेछ। सहकार्यले एईएलटीसीलाई ओपोको उपस्थिती रहेका स्थानमा ब्राण्डको बलियो पहिचान स्थापित गर्न सहयोग मिल्ने छ, विशेषगरी चीनमा ।
विम्बलडनको आदर्श ‘ईन परस्यूट अफ ग्रेटनेस’ र ओपोको उत्पादनमा नवप्रबर्तन र डिजाइनप्रतिको प्रतिबद्धतालाई मध्यनजर राख्दै यो पार्टनरशिपको मुख्य अंश च्याम्पियनशिप्समा ओपोको स्मार्टफोन प्रविधिको प्रयोग हुनेछ ओपोको फ्ल्यागशिप स्मार्टफोन्स फाइण्ड एक्स र नयाँ मोडल रेनोको प्रयोगबाट विम्बलडनको सुन्दरतालाई जीवन्तता प्रदान गर्दै कम्पनीले एकिकृत र थप सटिकरुपमा वैश्विकस्तरमा उपभोक्तासंग अन्तरक्रिया गर्ने आफ्नो उद्देश्य पूरा गर्ने लक्ष्य लिएको छ।
दुई ब्राण्डको यो सहकार्य दर्शाउनका लागि ओपो स्मार्टफोनका माध्यमबाट खिचिएका केही उत्कृष्ट तस्विरहरु ओपो विम्बलडन फोटो ग्यालरीमा समाविस्त गरिने छ। विम्बलडनमा प्रतिस्पर्धा गरिरहेका मध्य विलक्षण प्रदर्शन गर्न सफल यूवा खेलाडीहरुलाई कम्पनीका तर्फबाट ओपो ब्रेकथ्रो अवार्डपनि प्रदान गरिने जानकारी दिइएको छ।
ओपोले ब्यवसायिक ग्रास कोर्ट सिजन र एईएलटीसी ग्रास कोर्ट रणनीतिको प्रचारका लागि पनि उल्लेखनिय भूमिका खेल्ने छ। विम्बलडन च्याम्पियन बन्ने लक्ष्य बोकेका जुनियर्सले आफ्नो विकासका लागि हरेक चरणमा ग्रास कोर्टमा खेल्ने अवसर पाउन् भन्नु यसको मुल उद्देश्य हो ।
‘हामी च्याम्पियनशिप्स, विम्बलडनको पहिलो एसियाली पार्टनर बनेको घोषणा गर्न पाउँदा निकै गौरवान्वित छौँ। च्याम्पियनशिप्स र हाम्रो हाम्रा उत्पादनमा नवप्रबर्तन र डिजाइनलाई विशेष प्राथमिकताका साथ पस्कने ब्राण्ड भ्यालु बिच ठूलो समानता छ।’ ओपोका उपाध्यक्ष ब्रायन शेनले भने ‘यो सहकार्यले यूरोपेली बजारमा हाम्रो विस्तार योजनालाई थप बल प्रदान गर्ने र वैश्विक स्तरमा हाम्रो सन्देश पु¥याउन सघाउनेमा हामी विश्वस्त छौँ।’