सेञ्चुरी बैंकको नव निर्वाचित अध्यक्ष राजेश कुमार श्रेष्ठले लिए शपथ |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका नव निर्वाचित अध्यक्ष राजेश कुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर चिरजिञ्वी नेपाल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
सेञ्चुरी कमर्सियल बैंकको बैशाख १३ गते बसेको २८५ औं सञ्चालक समितिको बैठकद्वारा सञ्चालक राजेश कुमार श्रेष्ठलाई पुनː बैंकको अध्यक्षमा चयन गरेको थियो ।
यसअघि पनि गत ३ वर्षदेखि सेञ्चुरी बैंकको अध्यक्ष पदमा रहेका श्रेष्ठ पुन सर्वसम्मतिले चयन भएका हुन् । बैशाख १२ गते सम्पन्न बैंकको आठौं वार्षिक साधारण सभाबाट श्रेष्ट सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक चयन भएका थिए । सो साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूँजीकोे २ प्रतिशत बराबरको बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।