कसरी बच्ने उच्च रक्तचाप हुनबाट ? |
उच्च रक्तचाप निकै जटिल स्वास्थ्य समस्या हो । यसले हृदयाघात तथा मिर्गौला फेल हुनेजस्ता समस्या पनि निम्त्याउँछ । रक्तचाप नियन्त्रणका लागि विभिन्न प्रकारका औषधिको प्रयोग गरिन्छ । तर, यस्ता औषधिको खुट्टा बाउँडिने, आँखा तिरमिराउनेलगायत साइड इफेक्ट हुन्छन् । औषधिको सेवन नगरीकन पनि रक्तचाप सन्तुलित गराउन सकिन्छ । रक्तचाप नियन्त्रणका सरल घरेलु उपाय यस्ता छन् ː
- पर्याप्त हिँडडुल गर्नुहोस् । हिँडडुल तथा हल्का व्यायामले मुटुलाई अक्सिजनको उच्चतम उपयोग गर्न सहयोग गर्छ । यसो गर्दा मुटुलाई बढी रगत पम्प गर्नु पर्दैन र ब्लड प्रेसर उच्च हुने जोखीम कम हुन्छ ।
- लामो तथा विस्तारै स्वास फेर्ने तथा प्राणायाम गर्नुहोस् । यसो गर्दा स्ट्रेस हर्मोनको उत्पादन कम हुन्छ । यसले मिर्गौलाले उत्पादन गर्ने रेनिन इञ्जाइमको उत्सर्जन पनि कम हुन्छ ।
- रेनिन इञ्जाइमको उत्पादन धेरै भयो भने रक्तचाप बढ्छ । बिहान र बेलुकी कम्तीमा पनि ५÷५ मिनेट लामो स्वास लिने तथा फ्याँक्ने अभ्यास गर्नुहोस् । योगा तथा ध्यानलाई पनि दैनिक क्रियाकलापअन्तर्गत राख्नुहोस् ।
- आलु र पोटासियमयुक्त फलफूलको सेवन प्रशस्त गर्नुहोस् ।
- नूनको सेवन घटाउनुहोस् ।
- चकलेट खानुहोस् । उच्च गुणस्तरयुक्त चकलेटमा क्लाभिनोल भन्ने तŒव पाइने भएकाले यसले रक्तनली फराकिलो बनाउँछ र रक्तचाप सन्तुलिन बनाउन सहयोग गर्छ ।
- अल्कोहलको सेवन नगर्नुहोस् वा कम गर्नुहोस् । अल्कोहलको सेवन बढी गर्ने मानिसमा उच्च रक्तचापको जोखीम हुन्छ ।
- कफीको सेवन पनि कम गर्नुहोस् । कफीमा पाइने क्याफिन तŒवले रक्तचाप बढाउँछ ।
- चिया पिउनुहोस् । ग्रीन टीले रक्तचाप घटाउन ठूलो सहयोग गर्छ ।
- काममा बढी व्यस्त नबन्नुहोस् । काममा बढी व्यस्त हुँदा तनाव बढ्ने तथा रक्तचाप उच्च हुने सम्भावना हुन्छ । त्यसैले, समयतालिका बनाएर काम गर्नुहोस् र फुर्सदको समय निकालेर रमाइलो पनि गर्नुहोस् ।
- मनपर्ने गीतसङ्गीत सुन्नुहोस् । सङ्गीत सुन्दा रक्तचाप कम हुने इटालीमा भएको एक अध्ययनले देखाएको छ ।
- सुतेको बेला घुर्ने बानी छ ? यदि छ भने विचार गर्नुहोस् । तपाईंमा उच्च रक्तचापको समस्या हुन सक्छ । त्यसैले, जँचाइहाल्नुहोस् ।
- बोसोयुक्त खाद्यपदार्थको बढी सेवन नगर्नुहोस् । त्यसको सट्टा रेशादार खाद्यपदार्थ तथा सागपातको पर्याप्त सेवन गर्नुहोस् ।