रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको शेयर आज बाँडफाँड हुँदै, आवेदन दिने सबैले पाउने |
काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको साधारण शेयर आज बिहीबार बाँडफाँड हुने भएको छ ।
आज दिउँसो तीन बजे ऊर्जा मन्त्रालयको सभाहलमा मन्त्री वर्षमान पुनले शेयर बाँडफाँड गर्ने विक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ । दुवै आयोजनाले निष्कासन गरेको साधारण शेयरमा आवेदन दिने जति सबैले शेयर पाउने भएका छन्।् । रसुवागढी हाइड्रोपावरमा न्यूनतम १० कित्ता र अधिकतम ५० कित्ता शेयर पाउने छन् ।
रसुवागढीको शेयरमा लगानीकर्ताले १० कित्ताकै दरमा आवेदन दिएपछि आवेदनकर्ताले ५० कित्तासम्म शेयर पाउने भएका हुन्।् । करिब २५ हजार ६ सय आवेदकले थप १० कित्ताको दरले शेयर पाउने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । कम्पनीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर निष्कासन गरेको थियो ।
सान्जेन जलविद्युतको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० कित्तासम्म पाउने छन् । कम्पनीले सर्वसाधारणको लागि ४९ लाख ८२ हजार २५० कित्ताको शेयर निष्कासन गरेको थियो ।