मिथिला लघुवित्तको दशौं वार्षिकोत्सव सम्पन्न |
धनुषा । धनुषा जिल्लाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौ वार्षिकोत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष शिव प्रसाद साहको अध्यक्षता तथा नेपाल सरकारका पुर्व राज्य मन्त्री, प्रदेश नं. २ का प्रदेशसभा सदस्य शत्रुधन महतोको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिहरु मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतो, सहयोगी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुन्दर खड्का, जानकी फाईनान्स कम्पनिका अध्यक्ष रघुनाथ प्रसाद साह, संचालक समितिका पदाधिकारीहरु, संस्थापक शेयरधनीहरुको उपस्थिति थियो । त्यस्तै कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउत, वित्तीय संस्थाका सबै शाखा कार्यालयहरुमा आवद्ध ग्राहक सदस्यहरु मध्ये ५०० उत्कृष्ट ग्राहक सदस्य तथा कर्मचारीहरुको उपस्थिती थियो ।
विभागिय प्रमुख रेशम प्रसाद वास्तोलावाट संचालित उक्त कार्यक्रममा मिथिला नाट्यकला परिषदका कलाकारहरुले विभिन्न मनोरन्जनात्मक सांगितिक नृत्य प्रस्तुत गरेका थिए । सबै शाखा कार्यालयहरु मध्ये १÷१ जना उत्कृष्ट ग्राहक सदस्यलाई सम्मान गरिएको थियो । यस्तै सबै शाखा कार्यालयहरु मध्ये आव २०७४∕०७५ को प्रगतिको आधारमा शाखा कार्यालय प्रकौली, निगौल, भेडिया र रामेछाप क्रमशː प्रथम, दोश्रो, तेश्रो र सान्त्वना पुरस्कारले सम्मानित भएका थिए । त्यस्तै बसन्त कुमार महतो र सन्तोष कुमार यादव सर्वाेत्कृष्ट कर्मचारीले सम्मानित भएका थिए ।
दशौं बार्षिकोत्सब कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न सेवा सुविधाहरुको वारेमा जानकारी गराउँदै आगामी दिनमा अझ बढी ग्राहक सदस्यहरुको उपस्थितीमा यो भन्दा ठुलो कार्यक्रमहरु आयोजना गरि संस्थाको गतिविधी र सेवा सुविधाहरुको जानकारी गराउने बताए । समारोहका प्रमुख अतिथि माननिय शत्रुधन महतोले वित्तीय संस्थाले दशौं बर्ष पुरा गरेकोमा बधाई दिंदै ग्राहक सदस्यहरुले आर्थिक रुपमा मात्र नभएर चेतनामा समेत परिवर्तन ल्याई यस कार्यक्रमवाट लाभान्वीत हुनु पर्ने भनाई राखेका थिए ।
यस्तै विशिष्ट अतिथि हरिनारायण महतोले ठुला बैंकबाट कर्जा लिन पहुँच नपुग्ने विपन्न वर्गका मानिसहरुलाई विनाधितो कर्जा प्रवाह गरि उनिहरुको आय आर्जनमा सहयोगि भुमिका खेल्ने काम गरेकोमा मिथिला लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिनुका साथै यस कार्यक्रम सबै बर्गमा पुर्याउन स्थानिय सरकारको हैसियतले आवश्यक सहयोग गर्ने बताए । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि सुन्दर खड्का, संचालकद्वय संजय कुमार साह, हरि प्रसाद काफ्ले, संस्थापक शेयर धनीहरु राजलाल महतो, रामचन्द्र सिंह कुसवाहा लगाएतले दशौं बार्षिक उत्सब मनाईरहेको मिथिला लघुवित्त वित्तीय संस्थालाई वधाई दिंदै सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
संचालक समितिका अध्यक्ष शिव प्रसाद साहले आमन्त्रीत सबैमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा वित्तीय संस्थाले देशका कुना काप्चामा रहेका विपन्न वर्गका मानिसहरुलाई सुहाउँदो वित्तीय कारोवार संग संगै सामुदायिक, चेतनामुलक कार्यक्रम लागु गरी देशमा रहेको गरिवी निवारणमा सहयोगी भुमिका खेल्ने बताए ।