रबिनकुमार बने महिन्द्राको बन्डल अफरका विजेता |
काठमाडौं । अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रालिद्वारा नयाँ वर्ष २०७६ को अवसरमा “खुशी आउछ बन्डलमा” योजना अन्तर्गत पहिलो बम्पर विजेताको घोषणा गरिएको छ । पोखरा न्यूरोडका रबिन कुमार विकले पहिलो बम्पर जित्न सफल भएका हुन । कुपन नं १२२७ का विकले बम्पर उपहार अन्तर्गत होम अप्लायन्स प्राप्त गरेका छन् ।
योजना अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेशगरी हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिन्छ ।
साथै यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा न्यूनतम दश हजारदेखी देखि १ लाखसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नेछन् । यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निːशुल्क रुपमा प्राप्त गर्न सकिने छ ।
यो योजना महिन्द्राका टूह्वीलरको खरिदमा नेपाल अधिराज्य भर सञ्चालित भई रहेको छ । लक्की ड्रको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिंदै आएको छ ।