ज्योति लाईफ इन्स्योरेन्सको अध्यक्षमा नन्द किशोर शर्मा |

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको अध्यक्षमा नन्द किशोर शर्मा चयन भएका छन् । बैंशाख १२ गते बसेको संचालक समितिको बैठकबाट संचालक शर्मालाई अध्यक्षको रुपमा चयन गरेको हो । आफ्नो कार्य व्यस्तताको कारण पशुपति मुरारकाले दिएको राजिनामा बैशाख १ गते मा बसेको बैठकले स्वीकृत गरेको थियो ।
नव नियुक्त अध्यक्षले बीमा समितिबाट शपथ लिए पश्चात अध्यक्षको कार्यभार सम्हालेका छन् । नन्द किशोर शर्माले आईसीएफसी फाईनान्सको संचालक तथा विभिन्न जीवन बीमा तथा वित्तिय संस्थाहरुमा संचालक तथा प्रबन्ध निर्देशकको रुपमा लामो कार्य अनुभव हासिल गरेका छन् ।