नेपाल टोस्ट मास्टर्सद्वारा रि–साइटेशन आयोजित | टेबल टपिक वक्तृत्वकला र अन्तरराष्ट्रिय वक्तृत्वकला प्रतियोगिता २०१९
काठमाडौं । नेपालमा टोस्टमास्टर्सले टेबल टपिक वक्तृत्वकला र अन्तरराष्ट्रिय वक्तृत्वकला प्रतियोगिता अप्रिल २७ गते शनिबार रातो बङ्गला स्कुल ललितपुरमा २ बजेदेखि ६ बजेसम्म आयोजना गरेको छ । उक्त कार्यक्रममा विभिन्न १६ क्लबका १२० भन्दा बढि सदस्यहरुको उपस्थिति रहेको थियो । यी सदस्यहरु कर्पोरेट, बैंकर, व्यवसायिक व्यक्तित्वहरु, शिक्षकहरु, पर्यटक उद्यमीहरु, कार्यकारीहरु, सल्लाहकारहरु, सल्लाहकारहरू, चाटर्ड अकाउन्टेन्ट, मिडिया व्यक्तित्वहरू र कार्यरत व्यावसायिदेखि कलेजहरूका युवा विद्यार्थीहरू रहेका छन् ।
कार्यक्रममा एक प्रतिष्ठित पब्लिक फिगर राजेश हमाललाई अतिथि वक्ता (गेस्ट स्पीकर)को रुपमा आमन्त्रण गरिएको थियो । मेगास्टार हमालले दर्शकहरुलाई आफ्नो प्रभावशाली भाषणले प्रभावित पारेका थिए ।
विभिन्न तीन विधाका विजेताले (टोस्टमाटर्स क्लबलाई एक क्षेत्रको रुपमा वर्गिकरण गरिन्छ) टेबल टपिक वक्तृत्वकला र अन्तरराष्ट्रिय वक्तृत्वकला प्रतियोगिताको अन्तिम चरणका लागि प्रतिस्पर्धा गर्नेछन् । जसको मुख्य निर्णायक टोस्टमाटर्सका प्रतिष्ठित (डीटीएम) इन्डियाका नाडाको पिनाकी दास रहेका छन् । टेबल टपिक वक्तृत्वकला प्रतियोगिताका विजेता टोस्टमास्टर कृतिषा प्रजापती रहेकी छन् र ह्यूमोरस् स्पीच प्रतियोगिताका विजेता टोस्टमास्टर अल्फा मैयाँ शाक्य रहेका छन् । यी दुवै विजेताहरुले मे महिनामा इन्डियाको कोलकतामा आयोजना हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुनेछन् ।
अन्तरराष्ट्रिय वक्तृत्वकला प्रतियोगिताका जिल्लास्तरीय प्रतियोगिताका विजेताले क्षेत्रिय र अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नेछन् । यी सम्पूर्ण प्रतियोगिताहरु अन्तरराष्ट्रिय टोस्टमाटर्सको निर्देशिका अनुसार आयोजना गरिएको छ ।
कार्यक्रममा टोस्टमाटर्सका सदस्यहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । टेबल टपिक वक्तृत्वकला प्रतियोगितामा टोस्टमास्टर निलाद्री पारियलले दोस्रो र श्रेया घिमिरेले तेस्रो स्थान हासिल गरेकी छिन् । त्यस्तै अन्तरराष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा टोस्टमास्टर रौसन कुमार जेस्वालले दोस्रो स्थान र टोस्टमास्टर कुसुमलाल श्रेष्ठले तेस्रो स्थान हासिल गरेका छन् ।
नेपालमा टोस्टमास्टर्सको गतिविधि बढ्दो क्रममा रहेको छ । हाल १६ वटा चाटर्ड क्लबहरुमा ५०० भन्दा बढि सदस्यहरु रहेका छन् र अझै क्लबहरु थपिने क्रममा रहेका छन् ।