डिसहोमलाई १० प्रतिशत शेयर जारी गर्न साधारणसभाको स्वीकृति, अध्यक्षमा ढकालको निरन्तरता |
काठमाडौं । डिस मिडिया नेटवर्कको ९औं बार्षिक साधारण सभाले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । अध्यक्ष हेमराज ढकालले कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव गरेका थिए ।
साधारण सभाले यसअघिकै संचालक समितिलाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ । संचालक समितिको अध्यक्षमा ढकाल नै चयन भएका छन् ।
नियामक निकायसँग छलफल गरेर शेयर जारी गर्ने प्रकृयामा डिसहोम रहेको छ । कम्पनीले आफ्नो ब्यापार बिस्तारका लागि पूँजी जोहो गर्न साधारण शेयर जारी गर्न लागेको जनाएको छ ।
कम्पनीले साधारण शेयर प्रिमियममा जारी गर्ने नगर्ने बारे प्रष्ट पारेको छैन ।