नेपाल लाइफको साधारण सभा जेठ ४ गते, बैशाख १९ देखि बुक क्लोज |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४८ दशमलव ५५ लाभांश पारित गर्न जेठ ४ गते साधारण सभा बस्ने भएको छ । कम्पनीको साधारण सभा जेठ ४ गते बिहान साढे ९ बजे होटल दियालो लर्डस प्लाजा, वीरगन्जमा बस्नेछ ।
नेपाल लाइफले २५ प्रतिशत बोनस शेयर र २३ दशमलव ५ नगद गरी कुल ४८.५५ लाभांश दिन लागेको हो । साधारण सभाका लागि कम्पनीले बुक क्लोज वैशाख १९ देखि जेठ ४ गतेसम्म बन्द गर्ने भएको छ । उक्त लाभांश वैशाख १८ गते सम्म कायम शेयरधनी मात्र पाउनेछ ।
हाल नेपाल लाइफको चुक्त पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्नेछ