मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चितवनको हाकिमचोकमा |

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो नयाँ शाखा चितवनको हाकिमचोकमा संचालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमको आयोजना गर्दै चितवनको, हाकिमचोक शाखा औपचारीक रुपमा शुभारम्भ गरेको हो । उक्त शाखाको समुद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी हुन ।
शाखा कार्यालयको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।
मुक्तिनाथ विकास बैंकले हाल देशभर १ सय ४ वटा शाखा, २२ वटा एटीएमबाट सेवा प्रदान गर्दै आईरहेको छ ।