उच्च आर्थिक बृद्धिले अर्थतन्त्रमा उत्साह ː गभर्नर नेपाल |
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले अर्थतन्त्रमा राम्रो संकेत देखिएको बताएका छन्।् । राष्ट्र बैंकको ६४औं बार्षिकोत्सवको अवसरमा बोल्दै डा. नेपालले भने, तीन बर्षदेखिको उच्च आर्थिक बृद्धिले अर्थतन्त्रमा उत्साह थपेको हो ।
गभर्नरले ७२४ स्थानीय तहमा बैंकको शाखा पुगिसकेको जानकारी दिँदै प्रति शाखा ३५६० जनसंख्यालाई सेवा दिन थालेको बताए । अहिले देशभर ८२०५ स्थानमा बैंकका शाखा छन् ।
डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केन्द्रीय बैंक र सरकारी पहलपछि शेयर बजारमा स्थायित्व देखिन थालेको बताए । यसैगरी अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठले वित्तीय क्षेत्र सुदृढ हुँदै गएको बताए ।
बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले ऋणको माग धान्ने गरी पूँजीको उपलब्धता बढाउनु पर्ने माग राखे ।