एचएच बजाजको नयाँ शोरुम अर्घाखाँचीमा |

काठमाडौं । एचएच बजाजले नयाँ शोरुम ‘बस्याल ब्रदर्स् अटोलिङ्क’ अर्घाखाँचीको सन्धिखर्कमा संचालनमा ल्याएको छ। अटो मोबाइल ब्राण्ड हन्सराज हुलासचन्द एण्ड कम्पनी नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक हो।
एचएच बजाज ग्राहकले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको कम्पनीको दाबी छ।नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ।
नयाँ शोरुम शुभारम्भ गर्दै हन्सराज हुलासचन्द एण्ड कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले ग्राहकलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु कम्पनीको जिम्मेवारी रहेको बताए।