नयाँ २० वटा साझा बस बालाजु आईपुग्यो |
काठमाडौं । महानगरपालिकाले यात्रुको सुविधाको लागि थपेको २० वटा साझा बस काठमाडौं बालाजु ल्याई पुर्याएको छ । चेक जाँच पश्चात साझा यातायातलाइ हस्तान्तरणा गरि सञ्चालनमा ल्याइने भएको छ । हाल सञ्चालन भैरहेको ५१ वटा साझा बसले मात्र यात्रुको चाप धान्न नसकेको आँकलन गर्दै थप २० वटा बस खरिदका लागि भएको ठेक्का सम्झौताबमोजिम भारतबाट ती बस मगाइएको हो ।
यो सँगै काठमाडौं उपत्यका भित्र ७१ वटा साझा बस चल्ने भएका छन् । सरकारको ६१ प्रतिशत, काठमाडौं महानगरपालिका ३५.१४ प्रतिशत, ललितपुर महानगरपालिका २.३४ प्रतिशत, गोदावरी नगरपालिका ०.२३ प्रतिशत, सर्वसाधारण ०.७६ प्रतिशत, सघंसस्था ०.२६ प्रतिशत, गरि २ सय २८ जनाले शेयर हालेका छन् । सर्वसाधारणबाट १ सय ५४ जनाले शेयर हालेका छन् । साथै काठमाडौं महानगरपालिकाबाट ५ करोड र लतिलपुरमहानगरपालिकाबाट १ करोड लगानी गरेका छन् ।
काठमाडौं उपत्यकाका मुख्य मुख्य ठाउँ कोटेश्वर, बानेश्वर, गौशाला , घण्टाघर, चाबहिल, माइतिघर, लगनखेल, जाउलाखेल, लैनचौर,पानीपोखरी, बसुन्धारा,नयाँबसपार्क, तिलगंगा, रातोपुल, बागबजार, पुरानो बर्सपार्क, जस्ता विभिन्न स्थानमा मानिसहरुको चाप बढि हुने गर्दछ ।
यात्रुको चाप बढि हुने स्थानलाई मध्यनजर गरी, यात्रुको सहजताको लागि महानगरपालिकाले सरकारसंग सम्झौता गरी साझा बस सञ्चालन गरेको हो । थप गरेका बसहरु पुरानो रूट वा मानिसको चापको आवश्यकता अनुसार पनि चलाउन सकिने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए ।