यूनाईटेड फाइनान्सको सीईओमा अजय मिश्र नियुक्त |

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अजयकुमार मिश्र नियुक्त भएका छन् ।
संस्थाको संचालक समितिको २३२औँ बैठकले मिश्रलाई सीईओ पदमा नियुक्त गरेको हो । समितिले गत वैशाख ६ गतेदेखि लागू हुने गरी मिश्रलाई संस्थाको सीईओमा नियुक्त गरेको हो ।
मिश्रले जनता बैंकको डिप्यूटी पदबाट केहि दिन अघिमात्र अवकास पाएका थिए । प्रुडेन्सियल फाइनान्सबाट वित्तीय क्षेत्रको करियर शुरु गरेका मिश्र सिद्धार्थ डेभलपमेन्ट बैैंकको सीईओ हुँदै सिद्धार्थ जनतासँग मर्ज भएपछि डेपूटी सीईओ भएका हुन ।