एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको मनमैंजुमा |

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको मनमैंजुमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकको तारकेश्वर नगरपालिका वडा नं ११ स्थित मनमैंजु शाखाकोे तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा यस बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३) का प्रमुख बिकास खरेलले उद्घाटन गरे ।
शाखाको उद्घाटन गर्दै मेयर बोहराले काठमाडौं उपत्यका भित्र समेत बैकिङ्घ पहुँच कम भएको स्थान छानी आम सर्वसाधारण सम्म बैकिङ्घ पहुँच वृद्घि गर्न बैंकले खेलेको भुमिकाको प्रशंसा गरे ।
कार्यक्रममा बैंकका प्रदेश ३ प्रमुख खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याई रहेको जानकारी गराए ।
बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १५ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु उत्साहप्रद रहेका छन् ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।