मिथिला लघुवित्तको सर्लाहीको संग्रामपुरमा नयाँ शाखा संचालनमा |

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले सर्लाहीको पर्सा गाउँपालिका वडा नं. २ संग्रामपुरमा २७ औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।
पर्सा गाउँपालिका. वडा नं. २ का वडा अध्यक्ष नागेन्द्र राय तथा वित्तीय संस्थाका अध्यक्ष शिव प्रसाद साहले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका थिए । कार्यक्रममा पर्सा गाउँपालिकाको वडा अध्यक्ष, समाजसेवी तथा बुद्धिजिवीहरु, वित्तीय संस्थाका संचालकहरु, संस्थापक शेयर धनीहरु, कर्मचारी तथ ग्राहक सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उक्त अवसरमा प्रमुख अतिथि रायले वित्तीय संस्थाले सहर मुखि नभई गाउँमा शाखा खोल्नु सहनिय रहेको र यस कार्यक्रमवाट स्थानिय जनताले प्रत्यक्ष लाभ लिन सक्ने भएकोले वडा कार्यालयको तर्फवाट सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले वित्तीय संस्थावाट प्रवाहित सेवा सुविधाको बारेमा जानकारी गराएका थिए । आमन्त्रीत विभिन्न वक्ताहरुले वित्तीय संस्थाको सेवा सुविधा गरिव मुखि रहेकोले सबैले यस कार्यक्रमलाई सफल बनाई लाभ लिनु पर्ने बताए ।
मिथिला लघुवित्त वित्तीय संस्थाको थप एक वटा शाखा सहित कुल २७ शाखा संचालनमा रहेका छन् भने १८ हजार ग्राहक सदस्यलाई करिब रु.८५ करोड रुकम लगानी गरि रु.१८ करोड बचत संकलन गरेको छ ।