४९ वर्ष पहिलेको पानीजहाज ऐन शंसोधन गरिदै |
काठमाडौं । सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन त्यसको अध्ययनमा जुटेको छ । पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले ऐनसमेत समयानुकुल बनाउने गरी संशोधनका लागि गृहकार्य थालेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिब शिवहरि सापकोटाले पानीजहाज कार्यालय र कर्मचारीको व्यवस्था भएसँगै समयअनुसारको ऐनको आवश्यकता परेको बताए ।
ऐन संशोधन कार्यका लागि मन्त्रालयको व्यस्त रहेको बताउदै सापकोटाले भने, ‘मन्त्रालय ऐन संशोधन गर्नका लागि व्यस्त छ । हामीले लगिरहेका छौँ ।’ परामर्शदातामार्फत ऐन संशोधन गर्न गृहकार्य थालेको र केही दिनमै यो विषय टुंगिने उनको दाबी थियो ।