पहिलो दिनमै नेपाल एग्रो लघुवित्तको आईपीओमा ७ गुणा बढी आवेदन |
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै ७ गुणा बढी आवेदन परेको एसबीआई क्यापिटलले जानकारी दिएको छ । आइतबारदेखि सर्वसाधारणका लागि १ लाख ५१ हजार २ सय कित्ता आईपीओको विक्री खुला गरेको थियो ।
नेपाल एसबीआई मर्चेण्ट बैकिङ्गका अनुसार आइतबार ५ बजेसम्म ४८ हजार ९ सय २९ आइपीओको लागि निवेदनबाट ११ लाख २५ हजार ६१० कित्ताको माग गरिएको छ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल १ लाख ६१ हजार ७७८ कित्ता मध्य २ हजार ४८९ कित्ता कर्मचारीहरुका लागि र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी सर्वसाधारणमा विक्री खुला गरेको हो ।
न्यूनतम १० कित्ता देखि अधिकतम ८ सय कित्ता सम्म आवेदन गर्न सकिने व्यवस्था रहेको यस आईपीओमा छिटोमा बैंशाख ११ र ढिलो जेठ ६ गते सम्मको मिति तोकिएको थियो ।