नेपाल एग्रो लघुवित्तको आईपीओमा आवेदन खुल्यो, एक लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन |
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले बैशाख ८ गते आइतबारदेखि सर्वसाधारणमा सार्वजनिक निष्काशन साधारण शेयर (आईपीओ) विक्री खुला गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको कम्पनीले जारी पूँजी ४ करोड ९७ लाख रुपैयाँ बराबरको ३२.५० प्रतिशत बराबरको पूँजी सर्वसाधारणबाट संकलन गर्न लागेको हो ।
नेपाल एग्रो लघुवित्तले एक सय रुपैयाँ अंकित दरमा एक करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको एक लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गरेको हो ।
लघुवित्तको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीले निष्काशन गर्ने कुल एक लाख ६१ हजार ७७८ कित्ता शेयरमध्ये दुई हजार ४८९ कित्ता कर्मचारी र आठ हजार ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ । एक लाख ५१ हजार २०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट बैशाख ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । आईपीओमा न्यूनतम १० देखि ८०० कित्तासम्म माग गर्न सकिनेछ ।
नेपाल एग्रो लघुवित्तलाई आईपिओ निष्काशन गर्ने धितोपत्र बोर्डले चैत १८ गते अनुमति दिएको थियो ।