बाँसबाट बनेको कपडा ल्याउँदै रामदेवको पतञ्जली |
बाबा रामदेव आयुर्वेदिक उत्पादनको जगतमा एउटा नयाँ उत्पादन ल्याउने तयारीमा रहेका छन् । एक वर्ष पहिले स्वदेशी सिम लञ्च गरेर टेलीकमको दुनियाँमा कदम राखेका रामदेवले पतञ्जली बजारमा बाँसबाट बनेको कपडा ल्याउने भएका छन् ।
यसका लागि पतञ्जलीले भारतभरमा ५ सय भन्दा धेरै पतञ्जली पोशाक शोरुम खोल्ने भएको छ । योग गुरु बाबा रामदेवले ती केन्द्रहरुमा बाँसबाट बनेको कपडा पनि बेचिने बताएका हुन् ।
पतञ्जलीको पहिलो पोशाक शोरुम मंगलबार राजस्थानमा बाबा रामदेवले उद्घाटन गरेका हुन् । उक्त अवसरमा बाबा रामदेवले शोरुममा पुरुषका लागि संस्कार, महिलाहरुका लागि आस्था र स्पोट्र्स पहिरनका सथै बाँसबाट बनेका विभिन्न प्रकारका कपडाहरुका पाइने बताए ।
रामदेवले स्देशीका साथै पतञ्जलीका पोशाकहरुमा गुणस्तरका मामलामा कुनै पनि सम्झौता नगरिने बताए । यसका लागि उनले १०० भन्दा अधिक विशेषज्ञहरुलाई गुणस्तर नियन्त्रणका लागि राखिएको बताइएको छ । एजेन्सी